तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सा शिक्षा नियमावलीमा आवश्यक परिमार्जन गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । चिकित्सा शिक्षा नियमावलीमा आवश्यक परिमार्जन गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको  बैठकमा सांसदहरुले नेपालको संविधान र चिकित्सा शिक्षा ऐनको मर्म अनुरूप राष्ट्रिय चिकित्सा शिक्षा नियमावली ,२०७७ को परिमार्जन गर्न सुझाव दिनुभयो ।

सासंदहरुले वर्तमान नियमावलीमा रहेका कमीकमजोरी सुधार गर्दै पिछडिएको वर्ग, महिला अल्प सङ्ख्यक समुदायका विद्यार्थीको हकमा छुट्टै मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्री कृष्ण गिरीले विगतमा रहेका कमीकमजोरी सुधार भइसकेकाले योग्यता क्रम अनुसार नै  विद्यार्थीहरूले छात्रवृत्ति र अध्ययनको अवसर पाइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button