तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले प्रदेश २ का थप २ प्रदेशसभा सदस्यले रोजे एकीकृत समाजवादी

जनकपुरधाम । नेकपा एमालेका दुई जना प्रदेश सभा सदस्यले माधव कुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा आज सनाखत गर्नु भएको छ ।  

एमालेका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र प्रदेश सभा सदस्य सीता गुरुङले प्रदेश नंं २ को जनकपुरधाम स्थित निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गर्नु भएको कार्यालयले जनाएको छ । 

पछिल्लो पटक सनाखत गर्नु भएका दुई जना सँगै प्रदेश २ नवगठित एकीकृत समाजवादी पार्टी एमाले भन्दा बलियो बनेको छ । एकीकृत समाजवादी पार्टीमा प्रदेश गर्ने प्रदेश सभाका सदस्यहरूको सङ्ख्या १३ पुगेको छ भने नेकपा एमालेमा ८ जना प्रदेश सभाका सदस्यहरु बाँकी रहनु भएको छ ।   

प्रदेश २ मा नेकपा एमालेका २१ जना प्रदेश सभाका सदस्य रहेका थिए । यसअघि बिहीबार एमालेका ११ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरिसक्नु भएको छ । 

नेकपा एमाले संसदीय दलका नेता सत्रुधन महतो प्रदेश सभाका सदस्यहरु मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव , प्रमोद यादव र डिल्ली उप्रेती एकीकृत समाजवादी पार्टीमा सनाखत गरिसक्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button