तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस तनहुँको वडा अधिवेशन : अधिकांशमा सर्वसम्मत, केहीमा निर्वाचन

तनहुँ । नेपाली कांग्रेस तनहुँको वडा अधिवेशनमा दुई वटा वडा बाहेकका अन्य सबैमा वडा कार्य समिति निर्वाचित भएका छन् । जिल्लाको शुक्लागण्डकीको ८ र घिरिङ १ मा सहमतिमा ल्याउने प्रयास भइरहेको नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले जानकारी दिनुभयो ।

यसबाहेक अरू सबै वडामा नेतृत्व चयन भएको कांग्रेस तनहुँले जनाएको छ । जिल्लाका अधिकांश वडाहरूमा सहमतीय प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली काङ्ग्रेस जिल्ला सचिव विश्व बास्तोलाले जानकारी दिनुभयो ।

जसअनुसार व्यास नगरपालिकाको वडा नं. १ को सभापतिमा– दिलबहादुर दरै, वडा नं. २ मा टुक बहादुर हमाल, वडा नं. ३ मा अनुप राना, वडा नं. ४ मा देव बहादुर राना, वडा नं. ५ मा सुरबहादुर थापा, वडा नं. ६ मा ढाल प्रसार घिमिरे, वडा नं. ७ मा युवराज गुरुङ, वडा नं. ८ मा युवराज गुरुङ, वडा नं. ९ मा नरबहादुर गुरुङ, वडा नं. १० मा प्रेमराज मिश्र, वडा नं. ११ मा देव बहादुर थापा, वडा नं. १२ मा चन्द्र बहादुर वि.क., वडा नं. १३ मा रेशम वि.क, वडा नं. १४ नरिमाया थापा चयन भएका छन् ।

भानु नगरपालिकाको वडा नं. १को सभापतिमा कृष्ण कुमार श्रेष्ठ,वडा नं. २ मा अर्जुन बहादुर के.सी , वडा नं. ३ मा सूर्यमान गुरुङ, वडा नं. ४ मा नुरचन्द्र पाण्डे, वडा नं. ५ मा दिपक थापा, वडा नं. ६ मा रण बहादुर श्रेष्ठ, वडा नं. ७ मा कुमार गाछ मगर, वडा नं. ८ मा ईश्वर बहादुर घिमिरे, वडा नं. ९ मा गणेश मान श्रेष्ठ, वडा नं. १० मा हिमनिधि पाण्डे, वडा नं. ११ मा हरि बहादुर बोहोरा, वडा नं. १२ मा बेल बहादुर अधिकारी, वडा नं. १३ मा कृष्ण बहादुर अधिकारी चयन भएका छन् ।

यसै गरी शुक्लागण्डकी नगरपालिकाको वडा नं. १को सभापतिमा वडा न १ मा कृष्णबहादुर गुरुङ, वडा नम्बर २ मा ध्रुव राज पौडेल, वडा नम्बर ३ मा युवराज श्रेष्ठ, वडा नं. ४ मा दिलबहादुर श्रेष्ठ, वडा ५ मा हरिराज अधिकारी, वडा न ६ मा रवि केसी, वडा न ७ मा ईश्वर शर्मा, वडा न ८ मा स्थगित, वडा न ९ मा रामप्रसाद पाठक, वडा नम्बर १०मा खड्ग विक्रम खाँण, वडा न ११ मा रवीन्द्र विक्रम थापा, वडा नम्बर १२ मा गजबहादुर गुरुङ चयन भएका छन् ।

भिमाद नगरपालिकाको वडा नं. १ मा माधव लम्साल, वडा नं. २ मा मोहन राना, वडा नं. ३ मा धन बहादुर थापा, वडा नं. ४ लोकबहादुर राना, वडा नं. ५ मा गणेश गैह्रे, वडा नं. ६ मा सुर्यनाथ पौडेल, वडा नं. ७ मा सोमराज सुवेदी, वडा नं. ८ मा माधव खनाल, वडा नं. ९ मा सुमित थापा चयन भएका छन् ।

ऋषिङ गाउँपालिकामा शुक्रवार सम्पन्न वडा अधिवेशनबाट आठ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । ऋषिङ गाउँपालिकाको वडा नम्बर १ मा सबिना राना, ऋषिङ २ मा खेमबहादुर राना, ३ मा दुर्गाबहादुर राना तथा ४ मा प्रेमकुमार श्रेष्ठ सर्वसम्मत सभापति चयन भएका छन् । यसै गरी, ऋषिङ ५ मा केशर थापा, ६ दानबहादुर आले, ७ दुर्गाबहादुर थापा तथा ८ मा भरतकुमार श्रेष्ठ सर्वसम्मत पार्टी वडा सभापति चयन भएका छन् ।

घिरिङ गाउँपालिकाको वडा नं. २ मा सुरेन्द्र थापा, वडा नं. ३ मा होमबहादुर थापा, वडा नं. ४ मा वीर बहादुर थापा र वडा नं. ५ मा चन्द्र थापा चयन भएका छन् ।

यस्तै देवघाट गाउँपालिका वडा नं. १ को सभापतिमा मुक्ति थापा, वडा नं. २ मीन बहादुर राना, वडा नं.३ मा गङ्गा सिं वि.क, वडा नं. ४ मा नरबहादुर गुरुङ र वडा नं. ५ मा सोमनाथ ढकाल चयन भएका छन् ।

म्याग्दे गाउँपालिकाको वडा नं. १ को सभापतिमा विनोददत्त खनाल, वडा नं. २ मा रमेश अधिकारी, वडा नं. ३ मा बाल चन्द्र भट्टराई, वडा नं. ४ मा सन्देश अधिकारी, वडा नं. ५ मा मदन थापा, वडा नं. ६ मा डिल बहादुर गुरुङ र ७ मा अच्युत राज काफ्ले चयन भएका छन् ।

बन्दिपुर गाउँपालिकाको वडा नं. १ मा देवेन्द्र खनाल, वडा नं. २मा नारायण खड्का, वडा नं. ३ मा कुलबहादुर अधिकारी, वडा नं. ४ मा सिता थापा, वडा नं. ५ मा रिता तिवारी र वडा नं. ६ खुराक जंग गुरुङ चयन भएका छन् ।

त्यस्तै गरी आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सभापतिमा किसन थापा, वडा नं. २ मा मिलन गुरुङ, वडा नं. ३ मा मदन खत्री, वडा नं. ४ मा टेक बहादुर थापा, वडा नं. ५ मा नरमान गुरुङ र वडा नंं. ६ मा धन बहादुर गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button