भदौ २३ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौँ । सरकारले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजे बोलाउन सिफारिस गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
संसद्को अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्