दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा बङ्गलादेश विजयी
काठमाडौँ । बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल जितेको छ ।
पहिलो टी ट्वान्टीमा न्युजिल्याण्डलाई ६० रनमै समेटेर सात विकेटको जित निकालेको बङ्गलादेशले दोस्रो टी ट्वान्टीमा चार रनको झिनो अन्तरले जित हात पारेको हो ।
बङ्गलादेशले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड पुरै २० ओभर खेले पनि पाँच विकेटको क्षतिमा १ सय ३७ रनमा खुम्चियो ।
न्युजिल्याण्डका लागि कप्तान समेत रहनुभएका टम लाथमले अविजित रहँदै ६५ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन ।
अन्तिम बलमा छ रन आवश्यक रहँदा मुस्तफिजुरले मात्र एक रन खर्चिदा न्युजिल्याण्डले जित नजिक पुगे पनि हारको सामना गर्नुपर्यो ।
बङ्गलादेशका लागि महेदी हसन र शकीब अल हसनले सामान दुई दुई तथा नसुम अहमदले एक विकेट लिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्