तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु

दाङ । दाङमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका ९ निवासी २४ वर्षीय एक जना महिलाको आज शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभयो  ।

कोरोना सङ्क्रमण भएपछि उनी भदौ १० गतेदेखि अस्पतालमा उपचाररत थिइन् । साथै उनलाई निमोनियासँगै श्वासप्रश्वासको समेत समस्या रहेको थियो । यसैबिच, हाल अस्पतालमा  सात जना कोरोना संक्रमित उपचाररत रहेको व्यवस्थापक वलीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button