कैलालीमा विङ्गर र अटो ठोक्किदा ३ जनाको मृत्यु, ४ घाइते
धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुरमा विङ्गर गाडी र अटोरिक्सा एकआपसमा ठोकिदा ३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दुर्घटनामा परि कैलालीको घोडाघोडी नगरपालिका ९ का भिगम चौधरी, युवराज चौधरी र जितेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । दुर्घटनामा परि घोडाघोडी नगरपालिका ९ का दिपेन्द्र चौधरी (अटोचालक), सुरेश चौधरी, अशान्त चौधरी, हरि चौधरी घाइते भएका छन् । उनीहरूको सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ३१९ नं को विङ्गर गाडी र से १ ह २५१० नं को अटो गएराती एकआपसमा ठोकिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्