तपाईँ सुन्दै हुनुहुन्छः

एमाले उपाध्यक्ष गौतमद्वारा पार्टीबाट राजीनामा

काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । 


पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनुभएको छ ।


राजीनामा पत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगरेको तथा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारको कामलाई पटक पटक असंवैधानिक भन्दै खारेज गरेपछि पनि कुनै सुधार गर्न नसकेको आरोप लगाउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button