तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपमा आइतबारबाट ६ देखि १२ सम्मका कक्षा सञ्चालन हुने

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वास्थ्य मापदण्ड पालन गरी सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबारबाट ६ देखि १२ सम्मका कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।


आज बसेको नगर शिक्षा समितिको बैठकले नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भदौ २० गते आइतबारबाट कक्षा ६ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख वसन्त कुमार मिश्रले बताउनुभयो ।


विद्यालयमा अनिवार्य तापक्रम परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर अनिवार्य राख्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button