तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा ४१९ जनामा कोरोना संक्रमण

सुनसरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण भएको छ । 


१ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश १  सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।


प्रदेश १ मा आज ४७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन् । 
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button