जबरजस्तीकरणी गरेको आरोपमा एक युवा पक्राउ
ओखलढुङ्गा । ओखलढुङ्गामा जबरजस्तीकरणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
सुनकोसी गाउँपालिका–९ कटुञ्जेका ३३ वर्षीय भोला कटुवाललाई १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
सोलुखुम्बु घर भएकी एक किशोरीलाई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्तीकरणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
बुधवार पक्राउ परेका कटुवाललाई म्याद थपी गरेर घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्