तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ एक सय रुपैयाँले वृद्धि

काठमाडौँ । निरन्तर तीन दिन ओरालो लागेको सुनको भाउ भदौ १८ गते, शुक्रवार सुन तोलामा १०० रुपैयाँले बढेको छ ।

शुक्रवार छापवाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसै गरी शुक्रवार तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा किनबेच भएको छ  । अघिल्लो कारोबार दिन भने सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साताभरमा सुन तोलामा ७०० रुपैयाँले घटेको छ । अघिल्लो साताको शुक्रवार सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि लगातार दुई दिन स्थिर रहेको सुनको भाउ निरन्तर ओरालो लागेको महासङ्घको तथ्याङ्कमा देखिन्छ । ओरालो लागेको सुन शुक्रवार मात्र बढेको हो । यस साता सुनको अधिकतम मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ र न्यूनतम मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ रहेको छ  ।

शुक्रवार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button