पाल्पा अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा

पाल्पा । अस्पताल पाल्पामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिरामीको उपचारमा अक्सिजनको अभाव हुन नदिन जिल्ला अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको जनाएको छ ।
गत २०७८ जेठ ४ गते नेपाल सरकारले अक्सिजन प्लान्ट सञ्चालन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट प्रतिस्पर्धाको आधारमा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरेर जडान पछि प्लान्ट सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन भएपछि अब पाल्पामा अक्सिजनको अभाव नहुने अध्यक्ष पाण्डेयले बताउनुभयो ।
अक्सिजन उत्पादन गर्ने उपकरण दुई महिनाअघि नै पाल्पा अस्पतालमा आइपुगे पनि उक्त उपकरण जडान गर्न ढिला भएको हो ।








प्रतिक्रिया राख्नुहोस्