तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान अस्पतालमा मुटु बाहिर पानी जमेको सफल शल्यक्रिया

सल्यान । सल्यान जिल्ला अस्पतालमा मुटु बाहिर पानी जमेको सफल शल्यक्रिया गरिएको छ । 

सल्यान अस्पतालमा छत्रेश्वरी गाउँपालिका –७ की १८ वर्षीया तिलसरा परियारको सफल शल्यक्रिया गरिएको हो । 

शरीर सुन्निएर श्वास फेर्न गाह्रो भएपछि अस्पताल आउनुभएकी परियारको चेकजाँचको क्रममा मुटु बाहिर पानी जमेको देखिएपछि शल्यक्रिया गरिएको सल्यान अस्पताल सल्यानका मेडिकल अधिकृत डा.भीमकान्त जैसीले बताउनुभयो । 

मुटु बाहिर जमेको १७०० एमएल पानी निकालिएको उहाँको भनाई छ ।

बिरामी निकै विपन्न भएकाले परियारको निःशुल्क उपचार गरिएको समेत उहाँले बताउनुभयो । क्षयरोगको रोगी समेत रहनुभएकी परियारको र कहिले काहीँ क्षयरोगका कारण मुटुको बाहिर पानी जम्ने समस्या देखिने डा.जैसीको भनाई छ । 

उहाँको स्वास्थ्य अवस्था अहिले सुधार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button