आइडा आँधी : अमेरिकाका चार पूर्वोत्तर राज्यमा ४० भन्दा धेरैको निधन

न्यूयोर्क । अमेरिकामा आएको आइडा आँधीमा परि ज्यान गुमाउनेहरुको संख्या ४० पुगेको छ । देशको पूर्वोत्तर भागमा अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएको हो । अहिले न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा भइरहेको छ।
समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएको हो ।
न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताउनुभयो ।
मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३।१५ इन्च पानी परेको उहाँले बताउनुभयो ।
न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताउनुभएको छ ।
अझै पनि केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्।
त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन्। न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ।कैयौँ उडानहरू रद्द भएका छन्।
तीन नेपालीको मृत्यु
अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण हालसमम ३ नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उहाँकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्