तपाईँ सुन्दै हुनुहुन्छः

लोसपामा सनाखत गर्नेको सङ्ख्या १२ पुग्यो

जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रहल्लाद गिरीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् । 

प्रदेश नंं २ को जनकपुरधाममा रहेको निर्वाचन कार्यालयमा पुगेर लोसपाका पक्षमा गिरीले सनाखत गरेको लोसपाका नेता जितेन्द्र कुमार सोनारले जानकारी दिनु भएको छ । 

पर्सा जिल्लाबाट तत्कालीन समाजवादी फोरमबाट निर्वाचित भएका गिरीले स्वेच्छाले लोसपा रोजेको जानकारी पत्रकारहरूलाई गराउनु भयो । अहिलेसम्म लोसपाको पक्षमा १२ जना प्रदेश सभाका सदस्यहरूले सनाखत गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button