प्रदेश नंं २ मा ११ जनाले रोजे नेकपा (एकीकृत समाजवादी)

जनकपुरधाम । प्रदेश नंं २ मा नेकपा एमालेका ११ जना प्रदेश सभाका सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
जनकपुरधामको विद्यापति चोक स्थित प्रदेश निर्वाचन कार्यालयमा आज १० जना सशरीर उपस्थित भएर र एक जनाले पत्र मार्फत सनाखत गरेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गर्ने प्रदेश सभाका सदस्यहरूमा नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव रहनु भएको छ ।
क्यान्सर पीडित भइ उपचार देश बाहिर रहनु भएका डिल्ली उप्रेतीले पत्र मार्फत सनाखत गर्नु भएको प्रदेश सभाका सदस्य शत्रुधन महतोले पत्रकारहरूलाई जानकारी दिनुभयो ।
एकीकृत समाजवादी पार्टीमा सनाखत गर्न सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ छुटेको महतोले बताउँदै उहाहरु काम विशेषले काठमाडौँ रहनु भएकाले दुई दिनभित्रमा सनाखत गर्ने दाबी गर्नुभयो ।
प्रदेश २ मा नेकपा एमालेका २१ सांसद रहेकामा आज मात्र ११ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोज्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्