तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा थप २० जनामा कोरोना पुष्टि

नेपालगन्ज । बाँकेका प्रयोगशालामा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज ९ जना डिस्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको १४५ नमुना परीक्षणमा बाँकेका ११ जनासहित २० जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा १५ जना, मेडिकलमा कलेज कोहलपुरमा ५ जना र बागेश्वरी ल्याबमा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १८ हजार ३४ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ५ सय ९५ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २९ जनाको मृत्यु भएको छ ।

जिल्लामा १३३ जना सक्रिय संक्रमित रहँदा ४९ जना अस्पताल र आइसोलेसनमा छन् भने १३३ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button