तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुका बाढी प्रभावितका लागि मनाङ समाजको तीन लाख २५ हजार सहयोग

सिन्धुपाल्चोक । गत असार १ गते र साउन १६ गते मेलम्ची खोलामा आएको बाढी प्रभावित हेलम्बुका प्रभावितको सहयोगका लागि मनाङ समाज सेवा समितिले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

 मनाङ समाजसेवा समितिका अध्यक्ष सुनिल गुरुङ लगायतको टिमल प्रभावितको सहयोगका लागि नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रिय अध्यक्ष पेमा ह्योल्मोलाई रु ३ लाख १० हजारको चेक र फुन्छोक गुरुङको तर्फबाट व्यक्तिगत रु १५ हजार नगद हस्तान्तरण गरेको हो ।
  सहयोग ग्रहण गर्दै ह्योल्मो संघका अध्यक्ष पेमा ह्योल्मोले सिन्धुपाल्चोकले अकल्पनीय प्राकृतिक विपत्ति व्यहोर्नुपरेको र फेरी पहिलेकै अवस्थामा ल्याउन सबैको साथ आवश्यक भएकोले विभिन्न संघसंस्था र दातृ निकायहरूको सहयोग महत्त्वपूर्ण हुने भन्दै आफ्नै जिल्ला प्राकृतिक प्रकोपसँग लडिरहेका बेला पनि ठुलो मन बनाएर मनाङ समाजसेवा समितिले लगाएको गुण हेलम्बु क्षेत्रका जनताले सधैं सम्झिरहने बताउनुभयो ।

 त्यस्तै सहयोग प्रदान गर्दै मनाङ समाजसेवा समितिका अध्यक्ष सुनिल गुरुङले मेलम्ची खोलामा आएको बाढीको क्षतिका कारण पीडित हेलम्बु क्षेत्रका जनताको पीडामा मल्हम लगाउन आफुहरुले सकेको सहयोग गरेको र ह्योल्मो संघले बाढी प्रभावितहरुको लागि गरिरहेको सहयोग देखेर वास्तविक पीडितसम्म सहयोग पुग्ने विश्वासले ह्योल्मो संघलाई नै हस्तान्तरण गरेको बताउनुभयो ।

 ह्योल्मो संघले यसअघि पनि क्षतिग्रस्त क्षेत्रमा आर्थिक सँगै खाद्यान्न, जस्तापाता लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ ।

बाढी पहिरो प्रभावितलाई कांग्रेसका नेताहरुको सहयोग

मेलम्ची हेलम्बु क्षेत्रमा गएको बाढी पहिरोमा प्रभावितलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यका साथ हेलम्बु मेलम्चीका बाढी पहिरो पीडितलाई नेपाली कांग्रेसका नेताहरुले सहयोग गरेका छन् ।


बुधबार नेपाली कांग्रेस केन्द्रिय सदस्य, पुर्व गृहराज्य मन्त्री विष्णु विक्रम थापाको संयोजकत्वमा मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङ्गमा रहेको डुडे फाँट बस्ती सेवा समितिलाई नानी बाबू देउजाको रोहबरमा रु.असी हजार, हेलम्बु गाउँपालिका वडा नं ४ लाई नेपाली कांग्र्रेस ईकाई सभापति भरत कार्की र वडा अध्यक्ष राजकुमार लामिछानेको रोहबरमा रु. असी हजार, मेलम्ची नगरपालिका वडा नं ११ मा रहेको कृष्ण प्रसाद दुलालको कृषि फार्ममा ठूलो मात्रामा क्षति पुगेकोले उक्त फार्ममा रु. साठी हजार पाँच सय हस्तान्तरण गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय सुचना, सन्चार तथा प्रचार विभाग सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button