तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्ग दुई दिन बिहान र बेलुका बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रेमा खसेको पहिरो हटाएर दोहोरो यातायात सञ्चालन गर्न सिद्धार्थ राजमार्ग बन्द हुने भएको छ ।  

सिद्धार्थ राजमार्गमा बिहीबार साँझ ७ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म र शुक्रवार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म राजमार्ग बन्द हुने पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।

पहिरो हटाउन बाटो बन्द गर्नुपर्ने भएकाले सडक डिभिजन कार्यालयबाट भएको अनुरोधमा जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी गरेको सूचनामा जनाइएको छ । 

उक्त समयमा एम्बुलेन्सबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button