तपाईँ सुन्दै हुनुहुन्छः

दुई महिनापछि फेरी पर्सामा एक कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज ।पर्साको पोखरीया अस्पतालमा आज बिहान उपचारको क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पोखरीया नगरपालिका वडा नम्बर १ निवासी ३३ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय कुमार श्रीबास्तबले जानकारी दिनुभयो ।

गत भदौ १० गते पिसीआर परीक्षणको क्रममा कोरोना पोजेटिभ पुष्टि भएपछि उपचारको क्रममा पोखरीया अस्पतालमा भर्ना भएका पुरुष उच्च निमोनियाको कारण फोक्सोले काम गर्न छाडेपछि आज बिहान मृत्यु भएको श्रीबस्तबले बताउनुभयो ।

विगत २ महिना यता पर्सामा एक जना कोरोना सङ्क्रमितको पनि मृत्यु नभएको अवस्थामा पोखरीयामा आज निज पुरुषको ज्यान गएपछि पुनः उच्च स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button