पाचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु
काठमाडौँ । पाचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।
‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ महिला उद्यमी महासङ्घको आयोजनामा सुरु भएको महिला उद्यमी व्यापार मेला भदौ २१ गतेसम्म आयोजना हुने महासङ्घका अध्यक्ष रिता सिंहले जानकारी दिनुभयो ।
मेलाका विशेष आकर्षणका रूपमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेसाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, सजावटका सामान तथा विभिन्न सेवा प्रदायक संस्थाका कक्षहरू रहेका महिला उद्यमी महासङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्