प्रदेश २ : जसपाका ११ प्रदेश सभा सदस्यद्वारा लोसपाको पक्षका सनाखत

जनकपुरधाम । प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी, नेपालमा रहेका ११ जना प्रदेश सभा सदस्यहरूले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको पक्षमा सनाखत गर्नुभएको छ । उहाँहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय, जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गर्नुभएको हो ।
लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भुमिहारिन, अलका झा, गौरी नारायण साह, जानकी शरण साह, परमेश्वर साह, रमेश प्रसाद कुर्मी , बाबुलाल साह र उपेन्द्र महतो रहनुभएको निर्वाचन कार्यालयका प्रमुख पुष्पाकुमारी झाले जानकारी दिनुभयो ।
प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कूल ५५ प्रदेशसभा सदस्य हुनुहुन्थ्यो ।
लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएका प्रदेश सभाका सदस्य जितेन्द्र सोनलले बाँकी प्रदेश सभाका सदस्यहरु बाहिर रहनु भएकाले भोलि सनाखत गर्नुहुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्