तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज ।  बाँकेका प्रयोगशालामा थप २६ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको छ । आज १९ जना डिस्चार्ज भएका छन् ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको १ सय १२ नमुना परीक्षणमा बाँकेका ८ जनासहित २६ जनामा कोरोना पुष्टि भएको हो  । 

कोरोनाबाट थप मृत्यु भएको छैन ।

भेरी अस्पतालमा १७ जना र मेडिकलमा कलेज कोहलपुरमा ८ जना र बागेश्वरी ल्याबमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

हालसम्म बाँकेमा १८ हजार २३ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ५ सय ८६ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २९ जनाको मृत्यु भएको छ ।

जिल्लामा १३१ जना सक्रिय संक्रमित रहँदा ४९ जना अस्पताल र आइसोलेसनमा छन् भने ११५ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button