बिहीबारको लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

रुपन्देही ।भोलि बिहीबारको लागि तय भएको लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ।
नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मको लागि स्थगित गरिएको हो।
मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक एमालेको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको छ।
आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध बैठक स्थगित हुँदै आएको थियो। भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक १७ गतेसम्मको लागि स्थगित भएको थियो। १७ गते बोलाइएको बैठक पनि सूचना टाँस भएर ३० गतेसम्मको लागि स्थगित भएको हो।








प्रतिक्रिया राख्नुहोस्