तपाईँ सुन्दै हुनुहुन्छः

विभाजनका पक्षमा नलाग्न एमाले महासचिवको आग्रह

काठमाडौं । नेकपा (एमाले) का महासचिव र्ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् । महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासङ्घ, अखिल नेपाल महिला र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गर्नुभयो । उहाँले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी सङ्गठनको काममा लागेर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा सङ्घका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति थियो । नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय सङ्गठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button