प्रहरीद्वारा लाखौँ मूल्यको तस्करीका मालसामान भन्सार दाखिला

बारा । बारा प्रहरीले लाखौँ मूल्य बराबरको तस्करीको मालसामान भन्सार दाखिला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र मातहतको प्रहरी चौकीले विभिन्न समयमा बरामद गरेको १६ लाख ६ हजार ७ सय ५६ मूल्य बराबरको मालसामान भन्सार दाखिला गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
बरामद मसलामानमा औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल रहेका छन् । पक्राउ गरिएको मालसामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्