पेस्तोल र म्यागेजिनसहित दुई जना पक्राउ
बारा । बाराको सिम्रौनगढबाट दुई जना पेस्तोल र म्यागेजिनसहित पक्राउ परेका छन् ।
विशेष सुचनाको अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढस्थित विधायक होटेलबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सोही नगरपालिका ४ का ३५ वर्षीय राजेश प्रसाद यादव र २० वर्षका जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्