तपाईँ सुन्दै हुनुहुन्छः

युवा पत्रकारिता पुरस्कारबाट तनहुँका पत्रकार खड्का र नहर्की सम्मानित

तनहुँ । ‘युवा पत्रकारिता पुरस्कार २०७८’ बाट तनहुँ जिल्लाका दुई जना पत्रकार सम्मानित भएका छन् । तनहुँ समाज हङकङले पत्रकारद्वय नारायण खड्का र अमरराज नहर्कीलाई सम्मान गरेको हो ।

समाजको स्थापना दिवसको अवसरमा पत्रकारद्वयलाई सम्मान कार्यक्रम आयोजना गरिएको तनहुँ समाज हङकङका पुर्वअध्यक्ष भिमराज गुरुङले जानकारी दिनुभयो । नगद रु ५ हजार, खादा र प्रमाणपत्रसहित पत्रकारद्वय सम्मानित हुनुभएको छ । 

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सम्मानित दुवै पत्रकारलाई बधाई दिनुभयो ।

पत्रकार खड्का नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका निवर्तमान उपाध्यक्ष, सगरमाथा टेलिभिजनको तनहुँ संवाददाता तथा भञ्ज्याङ दैनिकमा आबद्ध हुनुहुन्छ भने पत्रकार नहर्की गोरखापत्रको तनहुँ संवाददाता हुनुहुन्छ ।

पत्रकारद्वय खड्का र नहर्कीले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पुर्‍याएकाले पुरस्कारका लागि नेपाल पत्रकार महासङ्घ तनहुँबाट सिफारिस गरिएको थियो । 

महसंघलाई सहयोग 

नेपाल पत्रकार महासङ्घ तनहुँले स्थापना गरेका कल्याणकारी कोषमा तनहुँ समाज हङकङका पुर्वअध्यक्ष भिमराज गुरुङले रु ५ हजार ५५५ र पत्रकार अमरराज नहर्कीले पनि रु ५ हजार ५५५ सहयोग गर्नुभएको छ ।

बिमा हस्तान्तरण

यस्तै सोही अवसरमा मङ्गलवार जिल्लाका क्रियाशील पत्रकारहरूलाई व्यास नगरपालिकाको कार्यालयले गरेको आरोग्य बिमा पोलिसि हस्तान्तरण समेत गरिएको थियो । नगरप्रमुख न्यौपानेले पत्रकारहरूलाई मङ्गलवार सो बिमा हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button