थारु समुदायले विवाहित छोरीलाई आज अष्टिम्कीको ‘अग्रासन’ दिदै

कञ्चनपुर । पश्चिम नेपालका कञ्चनपुर र कैलालीका थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व मनाइरहेका छन् ।
व्रतालुहरूले आफू खानु अगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रुपमा दिने चलन छ । यसलाई थारु भाषामा अग्रासन भनिन्छ ।
यो उपहार विवाहित छोरीचेलीका लागि अति नै महत्त्वपूर्ण रहेको भीमदत्त नगरपालिका–१८ का गङ्गा चौधरीले बताए । अग्रासनमा फलफूल, भात, फूलौरी, हलुवा, भात, गेडागुडी, माछा लगायतका परिकार रहने गर्दछ । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बसेकाहरू आज अन्नसहित मिठा–मिठा परिकार खाने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्