१२ सय लिटर अवैध घरेलु मदिरा बरामद

वीरगञ्ज । पथलैयाबाट वीरगंज तर्फ आउँदै गरेको बसमा चेकजाँच गर्दा प्रहरीले १२ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डमा बस चेकजाँचको क्रममा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले अवैध रुपमा वीरगंज तर्फ ल्याउँदै गरेको अवस्थामा १२ सय लिटर भन्दा बढी परिणामको घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
अवैध मदिराका कारोबारीहरूले ठुला ड्रम तथा ग्यालिनमा ल्याउँदै प्रहरीले चेकजाँच गर्ने भएपछि प्लास्टिकका झोलामा भरेर बोरामा राखी खाद्यान्न जस्तै गरी ल्याउन थालेको रहस्य पक्राउ पछि खुलेको डिएसपी खनालले बताउनुभयो ।
बरामद गरिएको मदिरा स्थानीय बुद्धिजीवी एवम् सञ्चारकर्मीको रोहबरमा आजै नष्ट गरिएको प्रवक्ता खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्