तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनका शीर्ष नेताहरूको बैठक : समसामयिक राजनीति र सरकार विस्तारका विषयमा छलफल

काठमाडौँ । पछिल्लो समय  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग निरन्तर बैठक र  छलफल  गरी रहनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा, मूल्याङ्कन हुनुका साथै सरकार विस्तारका सम्बन्धमा छलफल भएको नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

महामन्त्री खड्काले सरकार विस्तारका विषयमा छलफल भएको भए पनि कुनै दलले कति मन्त्रालय राख्ने भन्ने निर्णय भई नसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button