तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

काठमाडौँ । अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । 


परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।


मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । 


स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button