एमाले सल्यानको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

सल्यान । माधवकुमार नेपाल समूहले सल्यानमा गठन गरेको एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।
आइतबार बसेको बैठकले उदय बोहराको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको निर्णय गरेको हो । बैठकले १ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
एमालेभित्र विवाद चुलिँदै गर्दा वैशाख ३ गते बोहराको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको थियो । समाजवादीले जिल्ला पदाधिकारीहरूको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जसको उपाध्यक्षमा राम खड्की, सचिव रमेश गौतम, सह सचिव भोला केसी रहेका छन् ।
जिल्लाको समानान्तर कमिटी सहित अन्य समानान्तर जिल्ला कमिटी र जनवर्गाीय सङ्गठनहरूलाई पनि नेकपा (एकीकृत समाजवादी) मा रूपान्तरण गरिएको सचिव रमेश गौतमले बताए ।








प्रतिक्रिया राख्नुहोस्