तपाईँ सुन्दै हुनुहुन्छः

साउन महिनामा नेपालको व्यापार घाटा १ सय ३० अर्ब रुपैयाँ

file photo

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा नेपालले कुल १ सय २ देशमध्ये १४ देशसँगको व्यापारमा नाफा कमाएको छ । 

नेपालले साउन महिनामा कुल २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको सामान निर्यात गरेकोमा १४ देशसँगको व्यापारबाट १५ अर्ब ९५ करोड रुपैयाँ कमाएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा नेपालले १ सय ५० अर्ब ७३ करोडको सामान आयात गर्दा २० अर्ब रुपैयाँ बराबरको सामान मात्र निर्यात गरेको छ । 

तथ्याङ्क अनुसार पहिलो महिनामै नेपालको व्यापार घाटा १ सय ३० अर्ब रुपैयाँ पुगेको देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button