तपाईँ सुन्दै हुनुहुन्छः

श्रीकृष्ण जन्माष्टमीमा वीरगंजमा शोभा यात्रा

बीरगंज । श्रीकृष्ण जन्माष्टमी पर्व आज बीरगंजमा झाकी जुलुस, शोभा यात्रा सहित कृष्ण भगवानको पूजा–आराधना गरी मनाइँदै छ । 

जन्माष्टमीको अवसरमा आज वीरगंजमा हिन्दु धर्मावलम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

 सो अवसरमा विश्व हिन्दु परिषद् नेपाल बीरगंज लगायत हिन्दु धर्मसँग आबद्ध विभिन्न सङ्घ संस्थाहरूले वीरगंजमा श्रीकृष्ण भगवानको चैतन्य झाकी र बाजा गाँजासहित शोभा यात्रा निकालेका छन् । 

र्‍यालीले वीरगंजको घण्टाघरबाट रेल्वे रोड हुँदै छपकैयाबाट नगर परिक्रमा गरी मेन रोड हुँदै पुनः घण्टाघरमा पुगेर धार्मिक सभामा परिणत भएको थियो । 

यसैगरी सोही अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बीरगंजले छपकैयास्थित मुख्य भवनमा कृष्ण जन्माष्टमीको अवसरमा चैतन्य झाँकीसहित प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button