मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा गौरा पर्वको शुभकामना व्यक्त

। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सुदूरपश्चिममा मौलिक रुपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशवासीहरूमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री भट्टले परापूर्व काल देखी मनाउँदै आएको प्रदेशको विशिष्ट पहिचान बोकेको गौरा पर्वले आफ्नो मौलिकता कायम राख्न सफल भएको बताउनुभएको छ । उहाँले यो पर्वले प्रदेशवासीका बीच सामाजिक सद्भाव, एकता कायम रहोस् भनी कामना समेत गर्नु भएको छ ।
कोरोना सङ्क्रमणको महामारीबाट उत्पन्न परिस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरा पर्वलाई खुसीयालीका साथ मनाउनु हुने छ भन्ने विश्वास लिएको छु, मुख्यमन्त्री भट्टले सन्देशमा भन्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्