तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक महिलाको मृत्यु

राजविराज । सप्तरीमा करेन्ट लागेर एक महिलाको आइतबार मृत्यु भएको छ । 

सप्तरीको महदेवा गाउँपालिका–१ पकरी बस्ने बचेन सदाको ५३ वर्षीया श्रीमती अमिरका सदाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो । 


आफ्नै घरमा पानी लिन कलतर्फ जाने क्रममा मोटरमा जडान गरिएको विद्युत्को तार खुट्टामा पर्न गई तार सर्ट भएर करेन्ट लागेको हो । 

करेन्ट लागेर सिकिस्त भएका उहाँलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं  डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button