करेन्ट लागेर दुई जनाको मृत्यु

धादिङ। धादिङको गजुरी गाउँपालिका–५ गलौधीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पश्चिम अञ्चल सोलुसन्स प्रा ली मा कार्यरत स्याङ्जा पुतली बजार घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बरालको करेन्ट लागेर मृत्यु भएको हो भने पोखराका भुवन बराल घाइते भएका हुन ।
एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोडन भर्याङ हाल्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
घाइते भुवनलाई उपचारको लागि काठमाडौँ पठाइएको छ भने मृतकलाई पोष्टमाटमको लागी गजुरी प्राथमिक उपचार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्