तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका दुई पत्रकारलाई ‘युवा पत्रकारिता पुरस्कार’

तनहुँ ।तनहुँका दुई पत्रकारलाई ‘युवा पत्रकारिता पुरस्कार २०७८’ बाट सम्मान गरिने भएका छन् । सम्मानित हुने पत्रकारहरूमा भञ्ज्याङ्ग दैनिकका सम्पादक नारायण खड्का र गोरखापत्र दैनिकका संवाददाता अमरराज नहर्की रहेका छन् ।

तनहुँ–हङकङ समाजले प्रदान गर्ने उक्त पुरस्कार १५ गते समाज स्थापना दिवसका अवसर पारेर प्रदान गर्ने निर्णय भएको छ । पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलको अध्यक्षतामा बसेको बैठकले समाज मार्फत भएका सामाजिक सेवाको समाचार सम्प्रेषण गरे बापत खड्का र नहर्कीलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाइएको छ । पुरस्कार राशि जनही ५ हजार सहित सम्मान पत्र रहेको छ ।

समाजले तनहुँमा विगत ११ वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । बैठकले पत्रकार महासङ्घ तनहुँमा आबद्ध रहेका पत्रकारहरूको सदस्यता नवीकरण भदौ २३ गतेभित्र गरिसक्नुपर्ने निर्णय गरिएको सचिव प्रताप रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button