तपाईँ सुन्दै हुनुहुन्छः

४ जना फरार प्रतिवादी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 


शनिबार र आइतबार विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका ४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । 


प्रहरीले उच्च अदालत पाटन हेटौडाको फैसलाले बैङ्किङ कसुर मुद्दामा १० दिन कैद र चार लाख १८ हजार दुई सय पचास जरिवाना तोकिएका फरार प्रतिवादी मकवानपुरको राक्सिराङ गाउँपालिका–५ की कौशिमाया स्याङतान, जिल्ला अदालत मकवानपुर र उच्च अदालत पाटन हेटौडाको फैसलाले वन मुद्दामा तीन लाख ५७ हजार ६४० जरिवाना तोकिएका फरार प्रतिवादी बकैया–६ बस्ने गङ्गा लामा, जिल्ला अदालत मकवानपुरको फैसलाले चेक अनादर मुद्दामा दुई हजार जरिवाना तोकिएका फरार प्रतिवादी बकैया–३ बस्ने शिव बहादुर खुलाल र जिल्ला अदालत चितवनको फैसलाले सवारी ज्यान मुद्दामा दुई हजार जरिवाना तोकिएका फरार प्रतिवादी हेटौँडा–७ बस्ने दशरथ अर्याललाई पक्राउ गरेको जनाएको छ । 


पक्राउ परेकाहरूलाई कैद तथा जरिवाना भुक्तानको अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button