तनहुँमा भदौ २१ सम्म निषेधाज्ञा लम्बियो
तनहुँ । तनहुँमा जारी निषेधाज्ञा आगामी भदौ २१ गते सम्मका लागि थप गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै एक हप्ताका लागि निषेधाज्ञा थपिएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बन्द गरिएका सेवा तथा व्यवसाय बाहेक अन्य सेवा व्यवसायहरू बिहान ७ देखी साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत वैशाख २२ गतेबाट जारी भएको निषेधाज्ञा पटक पटक थप गर्दै पछिल्लो पटक भदौ १४ गतेसम्मको लागि लम्ब्याइएको थियो ।
यसैगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकलाई व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने भएको छ । मास्क नलगाई आउने व्यवसायीलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारबाही गरिने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्