तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई आज एक कार्यक्रमका बिच पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । 
जन्मदेखि १५ महिनाको उमेरसम्म १२ रोगको विरुद्ध सम्पूर्ण खोप लगाइएको हुँदा गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो । 


गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साको सभापति नेक महम्द अन्सारीले जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गर्नुभयो । 


गाउँपालिका अध्यक्ष जालिम मियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, तरुण दलका नेता सहरुम राउत गद्दी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


सो अवसरमा पूर्ण खोप घोषणाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button