तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण बाराको जनजीवन प्रभावित

बारा । अविरल वर्षाका कारण बारा जिल्लाको जनजीवन प्रभावित बनेको छ । 


वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि कतै डुबान भएको छ भने कतै कटानले क्षति पुर्‍याउन सक्ने सम्भावना बढेको छ । लगातार वर्षा भएपछि निजगढ नगरपालिका वडा नं ७, ८ र ९ मा घरहरू डुबानमा परेका छन् । 


निजगढ नगरपालिकाबाट पानीको निकास नहुँदा अविरल वर्षाले नगरपालिकाको वडा नं. २, ७, ८ र ९ का स्थानीयलाई त्रसित बनाउने गरेको छ ।


नगरपालिकाले पछिल्लो समय निर्माण गरेको सडकमा नालाको राम्रो प्रबन्ध हुन नसकेका कारण नगरमा बाढी र डुबानको समस्या उत्पन्न भएको स्थानीय योगेश न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button