पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै सञ्चालनमा आउन सकेन

पाल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा आइतबार बिहानैदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
पहिरोले तानसेन नगरपालिका–८ डुम्रेमा घर बगाएको भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पहिरोले देवबहादुर सारुको दुई तल्ले पक्की घर समेत बगाएको छ । केही पशु चौपाया पुरिएका छन् । सोही स्थानका अन्य तीन घर पहिरोको जोखिममा परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग सञ्चालनमा ल्याउन भने कठिन भएको सूचना अधिकारी त्वातीले बताउनुभयो ।
सिद्धार्थ राजमार्गका अन्य ठाउँमा खसेको पहिरो पन्छाइएको छ । भने रिडी तानसेन सडक भने सञ्चालनमा आएको छ ।









प्रतिक्रिया राख्नुहोस्