वर्षाका कारण ग्रामीण सडक अवरुद्ध, दैनिक उपभाेग्यका बस्तुको मूल्य बढ्यो
अछाम । निरन्तरकाे वर्षाका कारण अछामका अधिकांश सडक अवरुद्ध भएका छन् ।
जिल्लाको मुख्य कालोपत्रे मार्ग चौखुट्टे, साँफेबगर, जयगढ, मङ्गलसेन, गैरिटाड विनायक सडकसम्म मात्र यतिबेला यातायातका साधन चल्न सकेका छन् भने बाँकी जिल्ला भरि स्थानीय सडकदेखि गाउँसम्म जोडिएका सडकमा सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् ।
कष्टपूर्ण रुपमा मोटरसाइकल चल्न सकेपनी जिप तथा ट्र्याक्टर चल्न सडकमा बन्द भएका छन् । कतिपय स्थानीय सडकको अवस्थाको आधारमा जिप गइहाले पनि चर्को भाडा लिने गरेका स्थानीयले गुनासो गरेका छन् ।
नियमित वर्षाका कारण विगत २ महिनादेखी मङ्गलसेन नगरपालिकाको मङ्गलसेनदेखि कुन्ति पिठीबान्ना, कैलाश खोला, बलिगाऊ, बलिगाऊ, खिमाडा हुँदै कालागाउ सम्मको सडकमा सवारी साधन चल्न बन्द भएको छ ।
सडकमा करिब ५० मिटर भन्दा बढी लामो पहिरो आउँदा सम्बन्धित निकायबाट समयमै मर्मत नहुँदा सडक अवरुद्ध भएका हुन ।
चित्रे रामारोशन खण्डको कैलाश खोला जिरो प्वाइन्ट र तापिरवा खोला नजिकै क्षेत्रमा २ महिना अघि पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध हुँदा समेत वडा सरकार र नगरपालिकाले खुलाउनका चासो नदेखाएको नागरिकको गुनासो रहेको छ ।
यसरी सडक अवरुद्ध हुँदा सबैभन्दा स्थानीय गाउँमा कुखुरा पालन गर्ने व्यवसायी तथा व्यापारी समस्यामा परेका छन् ।
आफूले नियमित कुखुरा पालन गरिरहेको र आवश्यक पर्ने दाना तथा गाउँसम्म कुखुरा लैजान समस्या आउँदै गरेको मङ्गलसेन नगरपालिका ९ का स्थानीय कुखुरा व्यवसायी कम्मान सिंह वडले बताउनुभयो ।
मङ्गलसेन नगरपालिकाका अनुसार नियमित वर्षाका कारण सडक मर्मतमा समस्या आएका बताइएको छ ।
वर्षाका कारण अवरुद्ध सडक आजभोलि नै मर्मत गरेता पनि बर्षे मौसम भएकाले पुन सडक भत्किँदै जाने भएकाले मर्मत नगरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।
गैरीटाँड- कमलबजार- ढकारी- तुर्माखाँद, जयगढ–रामाराेशन लगायत सडक समेत प्रभावित बनेका छन् ।
सडक अवरुद्ध बनेसँगै ग्रामीण क्षेत्रमा दैनिक उपभाेग्यका सामानको भाउ समेत बढेको कमलबजार ७ जामाका सुनिता जैसीले बताउनुभयो ।
वर्षा रोकिएपछि अब दसैँ तिहार लगायत चाँडबाँड समेत नजिकिएकाले सडक छिटो मर्मत गर्नुपर्ने स्थानीयको माग छ ।








प्रतिक्रिया राख्नुहोस्