तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पुनर्वासमा फुटबल प्रशिक्षण सुरु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा फुटबल प्रशिक्षण सुरु गरिएको छ । 


लालझाडी युवा क्लब ११ को आयोजनामा शनिवारदेखि फुटबल प्रशिक्षण  सुरु गरिएको क्लबका अध्यक्ष काशीराम बोहराले बताउनुभयो । 


पुनर्वास नगरपालिका वडा नम्बर १० बाइसेविचवा स्थित क्लबको खेल मैदानमा अबदेखि निरन्तर निःशुल्क फुटबल प्रशिक्षण गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म फुटबल खेल्न सक्ने क्षमतावान् खेलाडी तयार गर्ने योजनाका साथ प्रशिक्षण शुभारम्भ गरिएको अध्यक्ष बोहराको भनाइ छ । 
शनिबार अपराह्न क्लबको खेल मैदानमा आयोजित औपचारिक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो । 


क्लबले फुटबल एकेडेमीका रूपमा कार्य गर्ने इच्छा व्यक्त गर्दै त्यसको अनुमतिका लागि एन्फाका अध्यक्ष शेर्पालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button