तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिकामा ६ सय ७७ किलोमिटर सडक कालो पत्रे

पोखरा । पोखरा महानगरपालिकाले गएको वर्षदेखि अस्फाल्ट पिच सुरु गरेको छ । 

३३ वटा वडा रहेको नगरपालिकले  आर्थिक वर्ष २०७७/०८८ मा ६ सय ७७ किलोमिटर सडक कालोपत्रे गरेको पालिकाका इन्जिनयर लक्ष्मी प्रसाद गौतमले बताउनुभयो ।

पालिकाभित्र रहेका  सडकहरुमा १ सय ११ किलोमिटर सडक ढलान भएका छन् । 

केही वडाहरु ग्रामीण क्षेत्रमा रहेको पालिकाले यो आर्थिक वर्षमा कुनै पनि नयाँ सडकको ट्राक नखोलेको इन्जिनयर गौतमले बताउनुभयो । 

नयाँ खोलिएका सडक तथा नालाहरु पालिकाले यो वर्ष ६ सय ९ किलो मिटर मर्मत सम्भार गरेको छ । वर्षायामका कारण सडकहरु पटक पटक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग र भुपिशेर्चन र सिद्धार्थ राजमार्गहरुका सडकहरु ६८ किलोमिटर मर्मत गरिएको छ ।

सबैभन्दा धेरै पालिकाको वडा नं ३० मा ५८ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने वडा नं २३ मा अहिलेसम्म पनि एक किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन ।  पालिका भित्रका विभिन्न सडकहरुमा यो वर्ष ६८ किलो मिटर सडमा गिटी बिछाउने काम भएको छ । 

अस्फाल्ट पिच ४४ किलोमिटर उपत्यकाभित्र मात्र गरिएको छ भने कालो पत्रे सडक ढलान गर्ने ग्राभेल बिछाउने र राजमार्गहरुको मर्मत गरी कुल १५ सय २५ किलोमिटर सडकको काम भएको देखिएको छ । । पालिकाले  ६ वटा मोटरेवल पुल निमार्ण गरेको इन्जिनयर गौतमले जानकारी दिनुभयो । 

सडक डिभिजन  कार्यालयले पोखराले  कास्की र स्याङजाका सडक तथा  पुलहरुको  काम गर्दै आएको छ । विभागले  यो आर्थिक वर्षमा नयाँ ट्रयाक खोल्ने काम नगरेको सुचना अधिकारी किरण सुवेदीले जानकारी दिनुभयो । 

यो आर्थिक वर्षमा विभागले सडक स्तरउन्तीमात्र गर्ने लक्ष्य राखेको बताउनुहुन्छ । विभागले रार्जमार्गका विभीन्न खाल्डा खुल्डी पुर्न ३ किलो मिटर ग्रावेल गरेको छ । राजमार्गकका सडकमा २७ किलोमिटर कालोपात्रे गरेको छ । विभागले ९ वटा पुल निमार्ण गरेको सुवेदीले बताउनुभयो ।

पछिल्लो समय अचानक सडकहरु भासिदा सडक विभागमा निकै गुनासाहरु आएको सडक डिभिजन प्रमुख सुनील बावु पन्त बताउनुहुन्छ ।  शहरमा अव्यवस्थीत रुपमा भएको शहरी करण सडका नाला साना तथा जोखिमयुक्त रहेका कारण अप्रिय घटनाहरु सुन्नुपरको भन्दै पोखरामा आउने पानीले सडको कालोपत्रे बगाउने गरी नै ठुलोमात्रा पानी आउछ पानी जाने निकास राम्रो छैन सडक त्यसकारण ठाउँ ठाउँमा प्वाल पर्ने गरेको पन्त बताउनुहुन्छ । 

खानेपानीको पाइप सडकभन्दा बाहिर हुनुपर्ने थियो तर पाइप कालोपत्रेको तल हुँदा निकै समस्या आउने गरेको पन्त बताउनुहुन्छ । सडक विभाग र खानेपानी पाइपलाइन विस्तारको कामको आवश्यक समन्वय नहँुदा कोलोपत्रे गर्ने कामहरु रोक्नुपरेको पन्तले बताउनुभयो । 

सडक डिभिजनल कार्यालले यो वर्ष फेवा बाधँ फुस्रे खोला पुल, विजयपुर खोला पुल छाङछाङदी लगाएत दर्जनौँ पुलहरुको निमार्ण सुरु भएको पन्तले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button