तपाईँ सुन्दै हुनुहुन्छः

इच्छुमती उद्यान र टुकुचा करिडोर शुभारम्भ

काठमाडौँ । इच्छुमती उद्यान  र टुकुचा करिडोरको आज शुभारम्भ गरिएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २८ स्थित झिगु इच्छुमती पार्क र प्रदेशसभा सदस्य केशव स्थापितले शङ्करदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा करिडोरको शुभारम्भ गर्नुभएको हो । 

No description available.

काठमाडौँ महानगरपालिकाको रु ३७ लाख ७० हजारको लागतमा सो उद्यान र प्रदेशसभा सदस्य स्थापितको संसदीय विकास कोषको रु एक करोड ३८ लाखको लागतमा टुकुचा करिडोर निर्माण भएको हो । उक्त करिडोर १४० मिटर लम्बाइको छ ।

सो अवसरमा प्रमुख शाक्यले भन्नुभयो, “रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ । दोस्रो चरणमा शान्ति बाटिका विकास गर्दैछौँ । वडा नं १ मा कमलपोखरीको पहिलो चरणको काम सकिएको छ । दोस्रो चरणको काम हुँदैछ ।”

No description available.

प्रदेशसभा सदस्य स्थापितले टुकुचामाथि घर बनाउनेको घर भत्काउनुपर्ने बताउँदै टुकुचा जहाँ जहाँ बगेको छ । त्यहाँ त्यहाँ करिडोर बनाउनुपर्छ । दरबारभित्र पनि करिडोर बनाउनुपर्छ भन्नुभयो । 

No description available.

कार्यक्रममा झिगु इच्छुमती खल उपभोक्ता समितिका अध्यक्ष मदन तण्डुकारले इच्छुमती नदीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

No description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button