तपाईँ सुन्दै हुनुहुन्छः

दमौलीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

तनहुँ । तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरको कम्पाउण्डमा शनिबार पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नाम थर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव दमौली अस्पतालमा राखिएको छ ।

मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button